बाढी-पहिरो र डुबानले देशैभर क्षति , गृहमन्त्रीले बोलाए बैठक
काठमाडौं, भदौ ११ । लगातारको वर्षापछि देशभर बाढी-पहिरो र डुबानले क्षति पुर्याएको छ । देशका विभिन्न वस्ती यति बेला जलमग्न भएका छन्।
उता कैलाली र बाँकेमा अझ धेरै क्षती भएको छ । यसरी वर्षाले वस्ती नै डुबानमा परेपछि गृहमन्त्री बालकृष्ण खाँडले विपद् व्यवस्थापन समितिको बैठक बोलाएका छन्।
उनका नीजि सचिव नरेन्द्र केसीका अनुसार दिउँसो तीन बजे बैठक बोलाएको हो । मुलुकभर आएको बाढी पहिरो र डुवानपछि देखिएको अवस्थाबारे छलफल गर्न बैठक बोलाइएको बताएको छ ।
गृहमन्त्रीको अध्यक्षतामा विपद व्यवस्थापन प्राधिकरण र मन्त्रालयको विपद व्यवस्थापन महाशाखा तथा चारै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीसहित पछिल्लो अवस्थाका बारेमा छलफल गर्न लागिएको हो।
अहिले विपदका कारण भएको क्षति र यसको रोकथाम प्रभावकारी रुपमा अघि बढाउने विषयमा आवश्यक निर्णय गर्ने बुझिएको छ। निरन्तर जारी रहेको वर्षा शनिबारपछि मात्रै रोकीने भएको छ ।
प्रतिक्रिया दिनुहोस्