आजदेखि काठमाडौंमा भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु

काठमाडौं , भदौ ११ । काठमाडौं उपत्यकामा आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ ।

पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका १८ वर्षभन्दा माथिका विद्यार्थी र ४० वर्षभन्दा माथिका नागरिकलाई भेरोसेल खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको हो । महानगरको ३२ वडाबाट दोस्रो मात्रा लगाउन सुरु गरिएको छ ।

काठमाडौंका खोपकेन्द्रहरुमा बिहान देखि खोप लगाउनेको भीड देखिएको छ । आइतबारसम्म खोपलगाइने काठमाडौं महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्