अफगानिस्तान विमानस्थलमा बम विस्फोट हुदाँ ६० जनाको मृत्यु
काठमाडौँ , ११ भदौ। अफगानस्थानको राजधानी काबुलस्थित विमानस्थल परिसरमा बम विस्फोटन हुदाँ मृत्यु हुनेको संख्या बढेको छ ।
बम विस्फोटमा परी ६० जनाको मृत्यु भएको छ । अफगानस्थान छोड्न विमानस्थल परिसरमा मानिसहरूको ठूलो भिड जम्मा भएका बेला उनीहरूलाई नै लक्षित गरी विस्फोट गराइएको बताइएको छ ।
उनीहरु अमेरिकाले ल्याएको जहाजमा अफगानिस्तान छोड्न लागेका थिए । यसअघि नै अमेरिका र बेलायतले आतंकावादी हमला हुनसक्ने भन्दै चेतावनी जारी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्