सभापति देउवा तानाशाह बन्न खोजेको नेता सिंहको आरोप

काठमाडौं, भदौ १० । सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप लगाएका छन्। आज नेपाल महिला संघ काठमाडौंले आयोजना गरेको कार्यक्रममा नेता सिंहले यस्तो आरोप लगाएका हुन् ।

पार्टी क्रियाशील सदस्यता मनलाग्दी गरेको उल्लेख गर्दै उनीहरूलाई समान व्यवहार नगरेर तानाशाह बन्न खोजे उनले बताए । साथै उनले त्यो सह्य नहुने पनि अडान लीएका छन् ।

उनले सभापति देउवाले आफ्नो पक्षका क्रियाशील सदस्यलाई कुनै समयसीमामा नराख्ने र अरूलाई मात्रै नीति–नियममा राख्ने किसिमको व्यवहार गर्न नमिल्ने स्पष्ट उनले पारेका छन्।

सभापति देउवाले जानाजान हरेक चार वर्षमा गर्नुपर्ने महाधिवेशनलाई पदमा बस्नका लागि पार्टीको विधान मिचेको उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्