हाम्रो पार्टी सरकारमा जान्छ, अब ५ दलीय गठबन्धन अगाडि बढ्छ : माधव नेपाल

काठमाडौं, भदौ १० । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा जाने बताएका छन् ।

नयाँ दलले मान्यता पाएपछि आयोजित पहिलो पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले यस्तो बताएका हुन् । पत्रकार सम्मेलन गर्दै अध्यक्ष नेपालले अब पाँच दलीय गठबन्धन दीर्घकालीन रूपमा अगाडि बढ्ने बताए।

‘हामी अवश्य पनि सरकारमा सहभागी हुनेछौं,’ उनले भने, ‘पहिलेदेखि नै हामी गठबन्धनमा थियौं तर औपचारिक रूपमा ५ दल भन्न मिलेको थिएन। अब ५ दलीय गठबन्धन अगाडि बढ्छ।’ साथै उनले पार्टी पदाधिकारी राष्ट्रिय सम्मेलनबाट गठन गरिने जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्