माधव नेपालको पार्टीले दिउँसो २ बजे पहिलो पत्रकार सम्मेलन गर्दै
काठमाडौं, भदौ १० । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दै छ ।
आफ्ना धारणा सार्वजनिक गर्न पत्रकार सममेलन गर्न लागिएको हो । बुधबार निर्वाचन आयोगबाट सो दलले दल दर्ताको प्रमाण पत्र पाएको थियो ।
सो पार्टी नेता माधवकुमार नेपालले सामाजिक सञ्जालमार्फत पत्रकार सम्मेलन दिउँसो २ बजे क्वालिटी ब्यांक्वेटमा गर्न लागिएको जानकारी दिएका छन् ।
एमाले विभाजन गरेर बनेको यो दलले आफ्नो नीति तथा कार्यक्रम, सिद्धान्त, संरचनालगायतका विषयमा जानमारी दिने भएको बुझीएको छ ।















प्रतिक्रिया दिनुहोस्