असहायलाई आर्थिक सहयोग
काठमाडौँ । उपचारको क्रममा एक अस्पतालमा मृत्यु भएका सरोज कार्कीको परिवारलाई रु ५० हजारको आर्थिक सहयोग गरिएको छ ।
उपचारको क्रममा आर्थिक अभाव भएका कार्की परिवारका आफन्त हिरामाया कार्कीलाई समाजसेवी सुवोध प्रधानको टोलीले नेपालटार पुगेर हालै रकम हस्तान्तरण गरेको हो । स्थायी घर पाल्पा भएका कार्की बिरामी भएपछि उपचारको क्रममा खर्च भएको अस्पतालको शुल्कलगायत रकम परिवारले बुझाउन सकेका थिएनन् । अस्पतालले लास नदिइएको भन्ने खबर प्राप्त भएकाले उक्त रकम जुटाइएको समाजसेवी प्रधानले जानकारी दिनुभयो ।
नयाँ बानेश्वर निवासीले पूजा पाण्डे र पवन पाण्डेले उक्त रकम समाजसेवी प्रधानलाई उपलब्ध गराउनुभएको थियो ।

समाजसेवी प्रधानको टोलीमा किशोर राणा, निर्मलप्रसाद श्रेष्ठ, दिपक शर्मा र अनिरुद्रप्रसाद प्रधान, केदारमान सिंह छन् । उनीहरुले यसअघि बाहबिसे स्थायी ठेगाना भई हाल तारकेश्वोर नगरपालिका –९ बस्ने सुनमाया कामीको छोरा गणेशलाई मीर्गौला प्रत्यारोपण गर्न ५० हजार सहयोग गरेका थिए ।
ताईवान बासोबास गर्ने नेपालीको समूह राम पाण्डे , राजन श्रेष्ठ , बिनोद डि.सी शंकर महर्जन , कर्मा दिन्दुप , इच्छा गुरुङ , नाम्गेल आलेलगायतले रकम सहयोग गरेका थिए । देशका विभिन्न स्थानमा बाढी पहिराबाट पीडित तथा बन्दाबन्दीमा दुःख पाएका नागरिकलाई समेत उक्त समूहले सहयोग उपलब्ध गराउँदै आएको छ ।















प्रतिक्रिया दिनुहोस्