शेरधन राईले राजीनामा दिए लगत्तै भीम आचार्यले लिए मुख्यमन्त्रीको शपथ

काठमाडौं, भदौ १० । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले राजीनामा दिए लगत्तै एमालेकै नेता भीम आचार्यले शपथ लिएका छन् । उनले केहीबेरअघि शपथ लिएका हुन् ।

बिहीबार बिहानै बसेको प्रदेश–१ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका आचार्यलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले पद तथा गोपनीयताको शपथ दिलाइएका हुन् । आचार्यलाई वर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा संसदीय दलको नेता बनाइएको थियो ।

उनले आजै कम्तीमा दुई सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्न सक्ने छन् । आचार्यले प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा धारा १६८(१) बमोजिम मुख्यमन्त्रीको शपथ लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्