जाजरकोटमा जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु

 

काठमाडौँ , १० भदौ । जाजरकोटमा जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु गरिएको छ । करिब आठ करोड लगानीमा सरकारी स्वामित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए ।

भेरी नगरपालिका ३ को राताचौरमा निर्माण सुरु गरिएको यो प्रशोधन केन्द्र कर्णाली प्रदेशकै पहिलो निमार्ण कार्य रहेको उनले बताए ।
बुधबार भवनको औपचारिकरुपमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेका छन् । जडीबुटी तथा पर्यटन र खनिजको राम्रो सम्भावना रहेको कर्णालीमा यो केन्द्र स्थापनासँगै सर्वसाधारणलाई जडीबुटीको बजार घर नजिकै आएको भन्दै खुशी व्यक्त गरेका छन् ।
केन्द्रमा एक वर्षमा १० करोड बराबरको कारोबार हुने बस्नेतले जानकारी दिए । विसं २०७९ जेठ ११ गतेभित्र भवन निर्माण कार्य सम्पन्न गर्ने गरे ज्ञानज्योति बिल्र्डस प्रालि काठमाडौँले निर्माणको जिम्मा लिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्