कांग्रेस अधिवेशन : ३७ जिल्लाको मतदाता नामावली तयार , अन्य कार्य पनि तिब्र
काठमाडौं, भैदौ ९ । नेपाली कांग्रेसले ३७ जिल्लाको क्रियाशील सदस्यता परिचयपत्र, निर्वाचित भएको प्रमाणपत्र, मतदाता नामावलीको छपाइको काम टुंगाएको छ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मंगलबारसम्ममा ३७ जिल्लाका लागि आवश्यक छपाइको काम समपन्न भएको हो ।
साथै पौडेलका अनुसार क्रियाशील सदस्यता विवाद भइरहेका स्थानको मतदाता नामावली छपाइको काम निरन्तर जारी रहेको छ। भदौ ११ सम्ममा ७७ वटै जिल्लामा मतदाता सूची र निर्वाचन सामग्री पुर्याउने योजनाअनुसार छपाइको काम भइरहेको उनले जनाकारी गाराए ।
‘
हिमाली र दुर्गम जिल्लाहरूमा बुधबार साँझसम्ममा हेलिकोप्टरमार्फत निर्वाचन सामग्री पुर्याउने तयारी भइरहेको छ। छपाइ भइसकेका नामावली क्रमशः निर्वाचन समितिलाई बुझाउँदै जाने र बाँकी काम सम्पन्न गर्ने योजनाअनुसार काम भइरहेको बताएको छ ।
दुर्गम र हिमाली जिल्लाहरूमा आज साँझसम्ममा निर्वाचन सामग्री सदरमुकामसम्म पुर्याइने तयारी भइरहेको पनि पौडेलले जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्