यी हुन् एकीकृत समाजवादीमा सनाखत गर्ने ५५ केन्द्रीय सदस्य
काठमाडौं । माधव कुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको दुई अलग–अलग पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा सनाखतको काम अगि नै सकिएको छ ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार प्राविधिक समस्या नआए आजै दल दर्ताको प्रक्रिया टुंगो लाग्न सक्नेछ ।
राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार केन्द्रीय समिति वा संघीय सांसदका २० प्रतिशत सदस्यले सनाखत गरेमा आयोगले नयाँ दल दर्ताको प्रमाणपत्र दिने छ ।
यसैबीच नेकपा एकीकृत समाजवादी दर्ता गर्न साविक एमालेका ५५ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् । उनीहरुले निर्वाचन आयोग पुगेर हस्ताक्षर गरेका हुन् । संघीय संसद्का सदस्यतर्फ भने ३० जनाले हस्ताक्षर गरेको आयोगले जनाएको छ ।
अरु एमालेबाट विभाजित भएर नयाँ पार्टीको मान्यता पाउन केन्द्रीय समितिमा ४१ वा संसदीय दलमा ३१ सदस्य पुग्नुपर्छ । यता नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले दल दर्ताका लागि चाहिने आवश्यक संख्या पुगिसकेको बताएका छन् ।
हस्ताक्षरका लागि माधवकुमार नेपालसहितका नेताहरू चन्द्रागिरि रिसोर्टबाट टुरिस्ट बस चढेर निर्वाचन आयोग पुगेका थिए भने झलनाथ खनालले दिल्लीबाटै हस्ताक्षर पठाएका थिए ।
यी हुन् सनाखत गर्ने ५५ केन्द्रीय सदस्य;
१. माधवकुमार नेपाल
२. मुकुन्द न्यौपाने
३. प्रदीप नेपाल
४. बेदुराम भुसाल
५. प्रमेशकुमार हमाल
६. राजेन्द्रप्रसाद पाण्डे
७. डा.विजयकुमार पौडेल
८.गंगालाल तुलाधर
९. प्रकश ज्वाला
१०. नागेन्द्रप्रसाद चौधरी
११. जयन्ती राई
१२. तुलबहादुर गुरुङ
१३. जगन्नाथ खतिवडा
१४. प्रतापलाल श्रेष्ठ
१५. जीवनराम श्रेष्ठ
१६. रामचन्द्र यादव
१७. धर्मनाथप्रसाद साह
१८. यदुवंश झा
१९. रत्नेश्वर गोइत यादव
२०. श्रीप्रसाद साह
२१. रविन्द्र वैठा धोबी
२२. लक्षमण पौडेल
२३. मदनकुमारी शाह (गरिमा)
२४. देवशंकर पौडेल
२५. विरोध खतिवडा
२६. मेटमणी चौधरी
२७. विश्वनाथ प्याकुरेल
२८. प्रेमलकुमार खनाल
२९. विजय गुरुङ
३०. सवित्रा भुसाल
३१. रामकुमारी झाँक्री
३२. गौरा प्रसाईं कोइराला
३३. रामकुमार ज्ञवाली
३४. खगेन्द्र चुडाल
३५. सरला कुमारी यादव
३६. सुधिरप्रसाद साह
३७. कल्याणी कुमारी खड्का
३८. शत्रुधन महतो
३९. रामचन्द्र साह
४०. दिनेशकुमार राई
४१. हंशबहादुर शाही
४२. शेरबहादुर केसी
४३. निरादेवी जैरु
४४. प्रेमबहादुर आले
४५. भागवत नेपाली
४६. चुडामणी विक जंगली
४७. धनेन्द्र बस्नेत
४८. राजेन्द्रकुमार राई
४९. बलदेव चौधरी
५०. डा.देउमान साम्बाहाम्फे
५१. भाष्कर काफ्ले
५२. कृष्णप्रसाद खनाल
५३. महम्मद महफुज अन्सारी
५४. हरिप्रसाद पराजुली
५५. केदार न्यौपाने
















प्रतिक्रिया दिनुहोस्