महामारीमा बढ्दो महिला हिंसा
काठमाडौँ , ९ भदौ । कोभिड–१९ महामारीको पहिलो संक्रमण शुरु भएसँगै २०७६ चैत ११ बाट देशभर लकडाउन भयो । त्यसयता नागरिकको जीवन कष्टकर बन्दै गयो । अहिले महामारीको दोस्रो लहर चलिरहेको छ । महामारी बढेसँगै महिला र बालबालिकामाथि हुने हिंसा एवं बलात्कारका घटना बढेका छन् ।
कोभिड–१९ शुरु भएसँगै बलात्कार र घरेलु हिंसाको ग्राफ बढेको प्रहरी प्रधान कार्यालयको तथ्यांकले देखाएको छ । कोभिड–१९ को अवधि २०७६ चैतदेखि २०७८ असार सम्म ८ हजार ६६९ जना महिला तथा बालबालिका हराएका थिए । तीमध्ये ४ हजार ३४६ जना फेला परेको रेकर्ड प्रहरीसँग नरहेको अनुसन्धान विभागले जनाएको छ ।
पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी का अनुसार जीवन यापनका लागि अधिकांश महिला तथा बालबालिका भारततर्फ गएको हुन सक्ने बताउँछन् । काम पाउने आशामा बालबालिका पनि भारत गएका हुन सक्छन्, अर्को कुरा हामीकहाँ हराएको रिपोर्ट हुन्छ, फेला परेको रिपोर्ट गर्ने चलन नहुँदा तथ्यांक बढी देखिन्छ उनले बताए ।
नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग अन्तर्गत २०५२ साल फागुनबाट महिला, बालबालिका सेलको गठन गरेर उनीहरुको मुद्दालाई प्राथमिकता दिएर अनुसन्धान शुरु गरेको थियो । शुरुमा काठमाडौं, ललितपुर, कास्की र मोरङमा महिला बालबालिका सेलले काम शुरु गरेका थिए । तर, अहिले ईलाका स्तरसम्म २३३ ईकाइहरुमा माहिला बालबालिका तथा जेष्ठ नागरिक केन्द्रित सेवा चालु रहेको एआईजी पोखरेल बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्