राष्ट्रिय टिमबाट अभिषेकसहित तीन खेलाडी किन बाहिरिए ?

 

 

काठमाडौँ , ८ भदौ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राष्ट्रिय टिमलाई २५ खेलाडीमा झारेका छन्।
पछिल्लो पटक नेपाली टिमबाट तीन जना खेलाडी बाहिरिएका छन्। गोलकिपर अर्पण कार्की, फरवार्ड अभिषेक रिजाल र शिशिर लेखी टिमबाट बाहिरिएका हुन्। नेपाली राष्ट्रिय टिम हाल पोखरामा बन्द प्रशिक्षणमा छ । नेपाली टिमले भारतसँगको दुई मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसीपको तयारी गरिरहेको छ।

नेपालले दशरथ रंगशालामा भारतसँग आगामी भदौ १७ र २० गते मैत्रीपूर्ण खेल खेल्नेछ । तेह्रौं संस्करणको दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ आगामी असोज १५ देखि २७ गतेसम्म माल्दिभ्समा हुने तय भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्