उपत्यकामा निषेधाज्ञा एक साता थप, अब राति ८ बजेपछि पनि गाडी चलाउन पाइने (आदेशसहित )

काठमडौं, भदौ ८ । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप भएको छ।

मंगलबार बसेको तीन जिल्लाको प्रमुख जिल्ला अधिकारीको बैठकले १६ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए।

पराजुलीका अनुसार यसअघिको राति ८ बजे पछाडी गाडी चलाउन नपाइने व्यवस्था हटाइएको छ। अब राति पनि गाडी चलाउन पाइने उनले  बताए। अरु व्यवस्था भने अहिलेकै जस्तो हुनेछ।

निषेधाज्ञा बारे निर्णय लिनु पहिले जिल्ला कोरोना संकट व्यवस्थापन समितिको बैठक बसेको थियो। उक्त बैठकपछि मंगलबार नै कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीसँग पनि परामर्श गरेर प्रमुख जिल्ला अधिकारीले निर्णय लिएका हुन्।

काठमाण्डौमा निजी तथा सार्वजनिक गाडीलाई तोकिएको स्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गरिने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।

अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत् राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्