माधव नेपाल र महन्थ ठाकुरको पार्टी सनाखत गर्न आयोगले तोक्यो समय

काठमाडौं, भदौ ८ । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिएका नेताहरूलाई सनाखत गर्न लागि भोलिको समय तोकिदिएको छ ।

माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित नेकपा ९एकीकृत समाजवादी० र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई खनाखतका लागि आयोगले समय दिएको हो।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार बिहान ११:३० देखि दिउँसो २ बजेभित्र सनाखत गर्न भौतिक रूपमै उपस्थित हुनुपर्ने बताए।

२२ जना सांसद र २८ जना केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्नुपर्नेछ । सशरीर उपस्थित भएर सनाखत गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत हुनुपर्छ ।

माधव कुमार नेपालले एमाले विभाजन गरेर नेकपा एकीकृत समाजवादी दर्ताका लागि निवेदन दिएका छन् । अध्यादेश अनुसार २० प्रतिशत बनाउन २०३ सदस्यीय एमाले केन्द्रीय सदस्यको ४१ जना पुर्‍याउनु पर्छ । नेपालले नयाँ दल दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली निर्वाचन आयोगमा बुझाएका छन् ।

सरकारले अध्यादेश ल्याएपछि एमालेका सांसद तथा केन्द्रीय सदस्यहरूले नेता नेपाल अध्यक्ष हुने गरी नयाँ दल दर्ता गर्न निवेदन दिएका थिए भने आयोगले नै जसपाको आधिकारिकता अध्यक्ष उपेन्द्र यादव पक्षलाई दिएपछि ठाकुर पक्ष दलविहीन भएको थियो।आयोगमा कोही उपस्थित सकेन र पत्रमार्फत् सनाखतका लागि आग्रह आएमा के गर्ने भन्ने आयोगले पछि निर्णय गर्ने उनले बताए।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता छन्। उनी उपचारका लागि भारतमा छन्। नेता झलनाथ खनालले आफूलाई दिल्लीबाटै सनाखत गर्न मिल्ने व्यवस्था मिलाई दिन निर्वाचन आयोगलाई पत्र पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस्