एमाले स्थायी कमिटी बैठक बस्दै, ‘तेस्रो धार’ का नेताहरू पनि सहभागी हुने
काठमाडौं, भदौं ८ । नेकपा (एमाले) स्थायी कमिटीको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको छ ।
बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा बस्नेछ । बैठकमा ‘तेस्रो धार’ मा रहेका नेताहरू पनि सहभागी हुने ज्ञवालीले बताएका छन् ।
नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवदेन दिएपछि केही नेता ओली र नेपाल दुवैतिर खुलेका छैनन् । उनीहरूले पार्टी एक ढिक्का हुनुपर्नेमा जोड दिँदै आएका छन् । पार्टी एकताका लागि ओली लचक हुनुपर्ने र नेपालले पनि नयाँ दल खोल्न नहुनेमा उनीहरूको जोड छ ।
सोमबार अध्यक्ष ओलीको निवास बालकोटमा तेस्रो धारका नेताहरूसितको छलफलपछि आजको लागि बैठक बोलाइएको हो । सोमबारको छलफलमा तत्कालीन एमाले विवाद समाधान गर्न गठिन कार्यदलमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने समझदारी भएको ज्ञवालीले जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्