राष्ट्रपति र माधव नेपालबीच दुई घण्टा वार्ता, के भयो कुराकानी ?

काठमाडौं, भदौं ७ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच शीतल निवासमा भेटवार्ता भएको छ । उनीहरुबीच दुई घण्टा वार्तालाप भएको हो ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले औपचारिक रुपमा विभाजित भइरहँदा त्यसलाई रोक्ने प्रयासस्वरुप राष्ट्रपति भण्डारीले नेता नेपाललाई शीतल निवासमा बोलाएर छलफल गरेकी हुन् । दुई जनाबीच सोमबार मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म वार्ता भएको हो ।

नेता नेपालसँग राष्ट्रपतिले नेकपा एमाले विभाजन रोक्ने प्रयासका लागि संवाद गरेको स्रोतले जानकारी दिएको छ । दुई जना बीचको संवादको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्