एमालेले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक भोलि बिहान ११ बजे बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

आज एमाले अध्यक्ष केपी शर्मा ओली निवासमा भएको एमालेको तेस्रो धारको नेताहरुसँगको छलफलपछि बैठक बोलाइएको हो ।

उक्त बैठकमा एकताका पक्षधर नेताहरु पनि सहभागी हुने उनले बताए । छलफलले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्ने सहमति भएको ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्