उपत्यकामा थपिए ५६६ संक्रमित , कति छन् सक्रिय संक्रमित ?

 

काठमाडौँ , भदौ ६  काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५६६ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँ जिल्लामा सबैभन्दा बढी ३९५ जना संक्रमित थपिएका छन् भने भक्तपुरमा ६१ र ललितपुरमा ११० संक्रमित थपिएका छन् ।

त्यस्तै काठमाडौँ उपत्यकामा अहिले ११ हजार ३८ जना सक्रिय संक्रमित रहेका छन् । समा काठमाडौँ जिल्लामा ७ हजार ४२०, भक्तपुर जिल्लामा १४०० र ललितपुर जिल्लामा २२१८ सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ७५१ पुगेका छन् ।

त्यस्तै अहिले देशभर संस्थागत आइसोलेसनमा ३ हजार १९६ जना रहेका छन् भने होम आइसोलेसनमा ३५ हजार ५५५ रहेका छन् ।

त्यस्तै अहिले नेपालमा ६८१ जना कोरोना संक्रमित आइसीयुमा उपचारत रहेका मध्ये १६९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्