विश्वकप लिग–२ का लागि नेपाली खेलाडीको घोषणा

काठमाडौं , भदौ ५ । ओमानमा हुने आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि नेपाल खेलाडीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ ९क्यान०ंले शनिबार बन्द प्रशिक्षणबाट १७ सदस्यीय खेलाडीको घोषणा गरेको हो । नेपालले १९ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको थियो । युवा बलर गुल्शन झा पहिलो पटक राष्ट्रिंय टोलीमा छनोट भएका छन ।

लिग–२ अन्तर्गत नेपालले सेप्टेम्बरमा ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ । यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ ।  नेपालले पीएनजीसँग पहिलो खेल सेप्टेम्बर ५ र दोस्रो खेल सेप्टेम्बर ८ (भदौ २० र २३) मा खेल्नेछ ।

नेपाली खेलाडी तथा पदाधिकारीहरु मंगलबार विहान ८ बजे सलामा एयरको विमानबाट ओमान प्रस्थान गर्ने पनि क्यानले बताएको छ । लिग अन्तर्गत नेपालले ओमान र अमेरिकासँग त्रिकोणत्माक एकदिवसीय सिरिज खेल्नेछ ।

लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

नेपाली टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, गुल्शन झा, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, पवन सराफ, अविनाश बोहरा, रोहित पौडेल, शुसन भारी, शरद भेषावकर, विक्रम शोव

 

 

प्रतिक्रिया दिनुहोस्