कांग्रेसले सरकार चलाउन सक्दैन : पशुपति शमशेर

 

काठमाडौँ , ४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष पशुपति शमशेर जबराले नेपाली कांग्रेसले सरकार चलाउन नसक्ने बताएका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले एक महिना बितिसक्दा समेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना समेत गरेका छन् ।

केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गर्ने व्यक्तिले नै पार्टी फुटाउन पाउने गरी अध्यादेश ल्याएको भन्दै उनले कांग्रेसले सरकार चलाउन नसक्ने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्