कञ्चनपुरमा शिक्षक–प्रहरीबीच झडप : अश्रुग्याँस प्रहार, १५ भन्दा बढी घाइते
काठमाडौं, भदौ ४ । कञ्चनपुरमा सत्तारुढ दल नेपाली काग्रेस निकट शिक्षक संघ र प्रहरीबीच झडप भएको छ । झडपमा क्रममा दुवैतर्फ १५ जनाभन्दा बढी घाइते भएका छन् ।
दरबन्दी मिलानको विषयलाई लिएर शिक्षक संघले भीमदत्त नगरपालिकामा तालाबन्दी गरेको थियो । प्रहरीले ताला खोलेपछि झडप भएको हो ।
स्थिति नियन्त्रणमा लिन पाँच सेल अश्रु ग्याँस प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए । अहिले महेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रतिक्रिया दिनुहोस्