हजार नेपालीले काबुल छाडे : तीन सय स्वदेश आइपुगे, सात सय बाटोमा
काठमाडौं, भदौं ४ । अफगानिस्तानस्थित विभिन्न राजदूतावासको सुरक्षामा खटिएका अधिकांश नेपाली नागरिकले बिहीबारसम्म काबुल छाडेका छन् ।
काबुलस्थित अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान, जर्मनी राजदूतावासमा कार्यरत नेपालीलाई काबुलबाट दोहा, तासकन्द, अलमाटी, साइप्रस, दुबई, कुवेत र लन्डन पुर्याइएको छ । लन्डनमा रहेका नेपालीहरू क्वारेन्टिनमा छन् भने पारगमन (ट्रान्जिट) मा रहेका नेपालीहरू क्रमशः स्वदेश फर्किने छन् ।
‘काबुलमा रहेका संयुक्त राष्ट्रसंघीय मिसन र युनिसेफमा कार्यरत चार सय ७० जना बाहेक ग्रिन जोनमा कार्यरत करिब हजार नेपाली नागरिकले काबुल छाडिसक्नु भएको छ, उहाँहरू कोही स्वदेश आइपुग्नुभयो, कोही आउने क्रममा विभिन्न मुलुकमा हुनुहुन्छ । ‘काबुलमा रहेका संयुक्त राष्ट्रसंघीय मिसन र युनिसेफमा कार्यरत करिब चार सय ७० जनाबाहेक ग्रिन जोनमा कार्यरत करिब हजार जना नेपाली नागरिकले काबुल छाडिसक्नु भएको छ, उहाँहरू स्वदेश आउने क्रममा विभिन्न मुलुकमा हुनुहुन्छ,’ दिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीले टेलिफोनमा भने ।
बिहीबार जजिरा एयरको कुवेत–काठमाडौं नियमित उडानबाट थप आठजना नागरिक फर्केका छन् । परराष्ट्र मन्त्रालयका अनुसार अहिलेसम्म दुई सय ९६ जना नागरिक स्वदेश आइपुगेका छन् । शुक्रबार बिहान एक सय ६० जना चार्टर उडानबाट आइपुग्दै छन् भने बाँकी पनि क्रमशः स्वदेश आउने क्रममा छन् ।
उपनियोग प्रमुख सुवेदीका अनुसार काबुल छाडिसकेका नेपालीलाई उनीहरू कार्यरत राजदूतावासले फर्किने चाँजोपाँजो मिलाएको छ । ‘कोही पारगमन मुलुकबाट नियमित उडानमार्फत स्वदेश फर्किनु भएको छ,’ सुवेदीले भने । काबुलमै राष्ट्रसंघीय मिसनमा रहेका नेपालीको पनि सुरक्षाको प्रत्याभूति भएको छ । उनीहरूमध्ये सयजना परिस्थिति सहज भएपछि बिदामा स्वदेश आउने छन् भने बाँकी काबुलमै रहने छन् ।
गैरकानुनी रूपमा त्यहाँ पुगेका नेपालीको हकमा भने विवरण यकिन भएपछि अर्को साता उद्धारका लागि उपाय तय हुनेछ । काबुल विमानस्थलमा अहिले सिभिल एयर स्पेस बन्द छ । भारत, अमेरिका, बेलायत र जर्मनीका सैन्य जहाजले मात्रै त्यहाँ उद्धार गरिरहेका छन् ।
‘हामीले तालिवान काबुल प्रवेश नगर्दै त्यहाँको सम्भावित परिस्थितिको आकलन गरेर नेपाली कार्यरत रहेका राजदूतावासहरूको मुलुकसँग समन्वय थालिसकेका थियौँ, त्यही समन्वयका आधारमा अमेरिका र बेलायती दूतावासमा कार्यरत नेपालीको यथाशीघ्र उद्धार ग¥यौँ,’ परराष्ट्रका एक अधिकारीले नयाँ भने, ‘अमेरिका, बेलायतसहित ठूला मुलुककै नागरिकको अझैसम्म उद्धार भइसकेको छैन, तर नेपाली नागरिकको उद्धार भएको छ, हामीले गरेको कूटनीतिक प्रयास सफल भयो भन्ने हाम्रो बुझाइ हो ।’
अफगानिस्तानमा नेपालको कूटनीतिक उपस्थिति छैन । पाकिस्तानले अफगानिस्तान मामिला सञ्चालन गर्दाको समयमा पाकिस्तानका लागि तत्कालीन राजदूत ९हाल परराष्ट्रसचिव० भरतराज पौड्याल २०७१ मा अफगानिस्तानका काबुल र विभिन्न प्रान्त पुगेका थिए । त्यसपछि अफगानिस्तान मामिला हेर्ने कुनै पनि नेपाली राजदूत काबुल पुगेका छैनन् । परराष्ट्रसचिव पौड्यालले आफ्नो त्यही कूटनीतिक अनुभवका आधारमा अहिले अमेरिका, बेलायत, जर्मनी, भारत, क्यानडा, संंयुक्त राष्ट्रसंघसँग समन्वय गरिरहेको परराष्ट्रका अधिकारीहरू बताउँछन् ।
परराष्ट्रका अनुसार कन्सुलर सेवा विभागको वेब पोर्टलमा बिहीबार अपराह्नसम्म तीन सय जना नेपालीले आफ्नो विवरण दर्ता गरेका छन् । परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखाअन्तर्गत नायब शिष्टाचार महापालको नेतृत्वमा रहेको कार्यदलमा तोकिएका मोबाइल नम्बर तथा इमेल ठेगानामा पनि बिहीबार अपराह्नसम्म ४२ जना नेपालीले आफ्नो नामसहितको विवरण दर्ता गराएका छन् ।
‘त्यसमध्ये कतिपयको नाम र राहदानी नम्बर दोहोरिएको, कतिपयको एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र कतिपयको उद्धार भई सुरक्षित गन्तव्यसम्म पुगिसक्नु भएकाले त्यसलाई रुजु गरी बाँकीको उद्धारका लागि काबुलबाट उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग सहकार्य र समन्वय भइरहेको छ,’ परराष्ट्र मन्त्रालयद्वारा बिहीबार साँझ जारी विज्ञप्तिमा भनिएको छ । नयाँ पत्रिका दैनिकबाट
प्रतिक्रिया दिनुहोस्