कृष्णअष्टमीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं, भदौ ३ । सरकारले कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने भएको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले भदौ १४ गते कृष्ण जन्मअष्टमीमा सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
बैठकले गाईजात्रामा नेवार समुदायका लागि देशभर बिदा दिनेसमेत निर्णय गरेको उनले जानकारी दिए। भदौ ७ मा गाईजात्रा छ।
यसअगाडि काठमाडौं उपत्यकाभित्र मात्र गाईजात्रामा बिदा हुने गरेकोमा नेवार समुदायका लागि देशैभर उक्त दिन बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्