ओलीसँग काम गर्न सकिँदैन, अब माधव नेपाललाई साथ दिन्छुः वामदेव गौतम

काठमाडौं, भदौ ३ । सरकारले राजनीतिक अध्यादेश ल्याएपछि अहिले एमाले विभाजित भएको छ ।

यसरी एमाले विभाजित हुँदा नेताहरु पनि एकअर्कालाई साथ दिने र छोड्ने क्रम पनि बढेको छ । यता विभाजनतर्फ अघि बढिरहेको नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले समाजवादी दर्ता गराउन लागेका माधव नेपाललाई आफुले साथ दिने बताएका छन्।

पार्टी एकता अभियानको भर्चुअल बैठकलाई बिहीबार सम्बोधनका क्रममा उपाध्यक्ष गौतमले यस्तो बताएका हुन् । उनले अब आफूले नेपाल नेतृत्वको एमाले समाजवादीलाई साथ दिने बताएका हुन्।

तत्कालीन नेकपा फुट्दादेखि नै आफूले चलाउँदै आएको पार्टी एकता अभियान बैठकलाई सम्बोधनका क्रममा गौतमले आफू नेपालतिर लाग्ने कार्यकर्तालाई बताएका हुन्।

साथै उनले अब पार्टी एकता अभियानलाई तीव्र बनाउने योजनामा रहेको र यससँगै अब एमाले समाजवादी पार्टीलाई सहयोग गरेर अगाडि बढ्ने पनि बताए ।  गौतमले अब ओलीको पक्षमा लागेर एमाले पार्टीका लागि केही गर्न नसकिने पनि जिकिर गरेका छन्।

गौतमले अझै पनि पार्टी एकताको सम्भावना रहेको बताउँदै त्यो जिम्मेवारी आफूलाई दिन नेता नेपाललाई पनि आग्रह गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्