थरूहट थारुवान राष्ट्रिय मोर्चाद्वारा माइतीघरमा धर्ना

काठमाडौं, भदौ ३ । थरूहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले काठमाडौंको माइतीघरमा धर्ना दिएको छ ।

थरूहट थारुवान विद्रोहको ६ वर्ष पुगेको अवसरमा धार्ना दिएको बताएको छ । समानता, न्याय र अधिकारका लागि तथा दासता विरुद्धको तेस्रो चरणको अभियान सफल पार्न भन्दै माइतीघर मण्डलामा भएको धर्ना उक्त सुमहले जनाएको छ ।

सो क्रममा नाटक सहित विरोध प्रदर्शन गरिएको थियो भने धर्ना कार्यक्रममा सहभागीहरुले रेशम चौधरीको रिहाइसहित थारु हकअधिकारको माग समेटिएको ब्यानरसहित प्रदर्शन गरेका थिए ।

यति बेला टिकापुर घटनामा मुख्य दोषी मानीएका चौधरी जेलमा रहेका छन् । उनको रिहाइको माग गर्दै केहिदिन देखि यो समुहले सरकारलाई दबाब दिरहेको छ । यति मात्रै होइन मधेसका शिर्षनेताहरुले पनि रिहाइको माग गर्दै सरकारसँग हातेमालो गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्