माधव नेपालको पार्टीले मान्यता पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छः प्रचण्ड
काठमाडौं, भदौ ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव नेपालको पार्टीले निर्वाचन आयोगबाट मान्यता पाउनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।
बिहीबार दिउँसो काठमाडौँमा आयोजित अन्तरक्रियामा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । आज बिहानमात्रै गठबन्धन घटकसँग भएको छलफल अुनसार माधव नेपालको पार्टी सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद विस्तार हुने सहमति भएको बताएका उनले बताए ।
‘अहिले दर्ता भएको नयाँ पार्टीको सनाखत भएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ, जति छिटो सनाखत हुन्छ उति छिटो मन्त्रिपरिषद विस्तार हुन्छ’, प्रचण्डले भने ।
त्यस्तै उनले अध्यादेशका बारेमा बहस उठेकोमा धन्यवाद दिँदै ओलीले ल्याएको अध्यादेश र अहिलेको सरकारले ल्याएको अध्यादेश आकाश पातालको फरक रहेको पनि औंल्याए ।
‘एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र, संविधान, सिध्याउने हो । अर्कोको लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षाका लागि हो अनि कसरी एउटै हुन्छ रु’, प्रचण्डको प्रश्न छ ।
यता आज बिहान मात्रै प्रधानमन्त्री देउवा र अध्यक्षद्वय प्रचण्ड र नेपालबीच भेटवार्ता भएको छ। भेटवार्तामा नेपालको पार्टी सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद विस्तार हुने सहमति भएको बुझीएको छ ।
प्रतिक्रिया दिनुहोस्