रसुवामा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु, १ जना बेपत्ता

 

काठमाडौं ,३ भदौ । घरमाथिबाट आएको पहिरोका कारण दक्षिणी रसुवाको कोल डाँडा भन्ने स्थानमा पहिरोले घर पुरिंदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

नौकुण्ड गाउँपालिका ५ कोलडाँडाका श्यामबहादुर घलानको घर पुरिँदा २ वर्षीय कमला घलान, ११ वर्षीया सोकिता घलान, ८ वर्षीया सुकुमाया घलान र ७ वर्षीय आषिश घलान पुरिएका थिए । अर्का एक बच्चाको खोजीकार्य जारी छ ।

श्यामबहादुर घाइते छन् । उनलाई उद्धार गरी उपचार गर्न सुरुमा नुवाकोटको त्रिशूली अस्पताल पठाइएको र पछि त्यहाँबाट काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार  आज बिहान करिब साढे ३ बजेतिर  ठूलो आवाज आएपछि छिमेकी हेर्न जाँदा पहिरोले घर पुरिएको देखिएको थियो । भने  नजिकै श्यामबहादुर फेला परेका थिए ।  श्यामबहादुरलाई उपचार गर्न पठाएपछि स्थानीयको सहयोगमा सेना र प्रहरीको टोली अन्यको उद्धारमा खटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्