अब केपी ओलीसँगको संवाद औपचारिक रुपमा सकियो, सरकारमा जान्छौं : राजेन्द्र पाण्डे
काठमाडौं , भदौ २ । नेकपा एमालेका नेता राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको पार्टी एकताको औपचारिक संवाद सकिएको बताएका छन् ।
बुधबार निर्वाचन आयोगमा नयाँ दल नेकपा एमाले समाजवादी दर्ताको लागि आवेदन दिएपछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा पाण्डेले पार्टी एकताका लागि ओलीसँगको औपचारिक वार्ता अब सकिएको बताएका हुन् ।
‘आन्दोलनमा राजनीतिक ढंगले अगाडि बढ्दै जाँदा त्यहाँभित्र रहेका साथीहरुले पार्टी पुनर्गठन गरेको खण्डमा पुनर्गठित पार्टीसँग एकता हुनसक्छ, गाभिन सक्छ’ उनले भने , ‘केपी ओलीको नेतृत्वमा रहेको अहिलेको अवस्थामा पार्टी एक हुन सक्दैन ।’
साविक एमालेको केन्द्रीय सदस्य ५८ जना भएर दल दर्ता गरिएको पनि उनले जानकारी दिए ।
साथै पाण्डेले दल दर्ता स्वीकृत भएपछि आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् । निर्वाचन आयोगबाट बाहिरिँदै नेता पाण्डेले दल दर्ता स्वीकृत हुने बित्तिकै आफूहरु सरकारमा सहभागी हुने बताएका हुन् ।















प्रतिक्रिया दिनुहोस्