राजपत्रमा प्रकाशित भयो राजनीतिक दलसम्बन्धी अध्यादेश, यस्तो छ व्यवस्था (पूर्णपाठसहित)

काठमाडौं, भदौ २ । राष्ट्रपतिद्वारा बुधवार जारी राजनीतिक दलसम्बन्धी अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भएको छ ।

दल विभाजनका लागि केन्द्रीय कमिटी र संसदीय दलमा ४० प्रतिशत सदस्य पुग्ने प्रावधान संशोधनका लागि जारी भएको अध्यादेश बुधवार नै राजपत्रमा प्रकाशित भएको हो ।

अध्यादेशमार्फत ऐनमा संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले नयाँ दल दर्ता गर्नसक्ने व्यवस्था गरिएको छ ।

राजपत्रमा प्रकाशित भएसँगै ऐन संशोधन भएको छ भने एमालेको माधव नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ता गर्न बाटो खुलेको छ ।

योसँगै अन्ततः नेकपा एमाले विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा ‘एमाले समाजवादी’दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ ।

पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चौधरीले जानकारी दिए । निर्वाचन आयोगले दर्ता गरेको र अब प्रक्रिया अगाडि बढेको उनले बताए ।यता जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएका छन् ।

सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएलगत्तै ठाकुर पक्षका नेताहरु जनता समाजवादी पार्टी नेपाल ९लोकतान्त्रिक० नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेका हुन् ।

जसपा आधिकारिता उपेन्द्र यादव पक्षले पाएपछि दलविहीन बनेका ठाकुर समूहको नयाँ दलको अध्यक्षमा महन्थ ठाकुर रहनेछन् भने राजेन्द्र महतो वरिष्ठ नेता रहनेछन् । उनीहरुसहित २४ सदस्यीय कार्यकारिणी समिति र चुनाव चिह्नमा साइकल प्रस्ताव गरिएको ठाकुर समूहका नेता डा। सुरेन्द्र झाले बताए ।

हेर्नुहोस्, पूर्णपाठ:

प्रतिक्रिया दिनुहोस्