फुट्यो एमाले : नेपालले दर्ता गरे नेकपा ‘एमाले समाजवादी’ , चुनाव चिह्न खुला किताब

काठमाडौँ , भदौ २ । अन्ततः नेकपा एमाले विभाजित भएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा ‘एमाले समाजवादी’दल निर्वाचन आयोगमा दर्ता गराएका छन् । पार्टीले चुनाव चिह्न खुला किताब पाएको छ ।

पार्टी दर्ताका लागि दिएको निवेदन दर्ता भएको सांसद मेटमणि चौधरीले जानकारी दिए । निर्वाचन आयोगले दर्ता गरेको र अब प्रक्रिया अगाडि बढेको उनले बताए ।

नव गठित पार्टीका नेता मेटमणि चौधरीले नेता राजेन्द्र पाण्डेलगायत निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिइसकेको जानकारी दिए । नयाँ पार्टीमा नेता नेपाल नै संयोजक रहेका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मात्र संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्