किन उठ्न सकेन् काठमाडौको फोहोर ? यसो भन्छन्- मेयर शाक्य

काठमाडौं, भदौ २ । काठमाडौका शहरका सडकमा फोहोरका थुर्पा हामी देख्नसक्छौ , यहि फोहोरले शरह नै दुर्गन्धित बनेको छ ।

समयमा फोहोर नउठ्दा दुर्गन्धित बेनेको हो । हाल काठमाडौं उपत्यकाका विभिन्न सहरहरूमा फोहोर थुप्रिएको छ भने महानगरपालिकाले केही दिनदेखि फोहोर उठाउन नसक्दा प्रदूषण बढिरहेको छ।

यसैबीच व्यवस्थापन केन्द्र सिसडोलमा जाने सडक बिग्रिएका कारण काठमाडौं उपत्यकाका विभिन्न सहरको फोहोर उठ्न नसकेको काठमाडौं महानगरपालिकाले जनाएको छ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वर्षातको कारण सिसडोल सडकखण्डमा पहिरो जाने तथा बिग्रिने हुँदा सहज रुपमा गाडी जान नसकेका कारण फाहोर व्यवस्थापन गर्न नसकेको बताएका छन् । उनले वर्षात् रोकिएमा सहज रुपमा फोहोरको गाडी पठाउन सक्ने तर नरोकिएमा अझै केही दिन फोहोर नउठ्ने पनि स्पष्ट पारे।

अहिले जुन मात्रामा फोहोर संकलन गरेर त्यहाँ व्यवस्थापन गर्नुपर्ने हो त्यो भइरहेको छैन।

 

प्रतिक्रिया दिनुहोस्