मेलम्चीको बाढीले तीन घर बगायो
काठमाडौँ , २ भदौ ।मेलम्ची नदीमा आएको बाढीले तीन घर बगाएको छ ।
हिजोरातिको अविरल वर्षासँगै आएको बाढीले थप तीन घर बगाएको हो ।
स्थानीय भीमसेन थापाको अनुसार बाढीले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको छ भने थप घर र बाटोसमेत जोखिममा रहेको उनले बताए ।
यी घर यसअघिको बाढीले जोखिममा रहेका र सामान तथा मानिस अन्यत्र सरिसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उपनिरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । गत साउन १६ पछिको बाढीले अहिलेसम्म १११ घरटहरा बगाइसकेको छ । मेलम्ची नदी तटीय क्षेत्रका सयौँ घर, खेत, पुल तथा सडक जोखिममा छन् ।











प्रतिक्रिया दिनुहोस्