थप ३ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि , २७ को मृत्यु

काठमाडौँ, भदौ १ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ५६५ जनाको पीसीआर परीक्षणमा २ हजार ४५६ र ६ हजार १२४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१८ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सोहि अवधिमा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९२९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

निको हुने दर ९३.२ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्