कर्मचारीहरुलाई आममाफी दिने तालिबानको घोषणा, काममा फर्किन आग्रह

काठमाडौँ , भदौ १ । अफगानिस्तान कब्जा गरेको तालिबानले सबै सरकारी कर्मचारीहरुलाई आममाफी दिने घोषणा गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै तालिबानले सबै सरकारी कर्मचारीलाई आम माफी दिने बताउदै काममा फर्किन आग्रह गरेको हो ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार तालिबानले एक विज्ञप्ति जारी गर्दै भनेक छ- सबैका लागि आम माफी घोषणा गरिएको छ । त्यसैले तपाइँहरु पुरा भरोसासहित नियमित दिनचर्या शुरु गर्न सक्नु हुन्छ ।

अफगानिस्तानमा ठुलो संख्यामा अमेरिका र नेटो सैनिकहरुलाई सहयोग गरेका कमर्चारीहरु डरले बसिरहेका बेला तालिबानले यस्तो घोषणा गरेको हो ।  बर्बर सजाय दिने रुपमा चिनिएको तालिबानलाई युद्ध अपराध गरेको आरोप लाग्दै आएको भएपनि उनीहरुले अहिले सो कुराको खण्डन गर्दै आएका छन् ।

उनीहरुले लगातार सामाजिक सञ्जालमा आफुहरु पहिला जस्तो नभएको र काबुलमा अवस्था शान्त रहेको प्रचार गरिरहेका छन् । साथै उनीहरुले अब अफगानिस्तानमा युद्धको अन्त्य भएको घोषणा पनि गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्