एएफसी एसियन कप छनोट : नेपालले असोज २ गते फिलिपिन्ससँग खेल्ने

काठमाडौं, भदौ १ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले खेल्ने एएफसी एसियन कप छनोट खेलको मिति तय भएको छ।अखिल नेपाल फुटबल संघ ९एन्फा० ले मंगलबार हङकङ र फिलिपिन्ससँग हुने खेलको मिति सार्वजनिक गरेको हो।

समूह एफमा रहेको नेपालले छनोटको पहिलो खेलमा आगामी असोज २ गते फिलिपिन्ससँग खेल्नेछ। दोस्रो खेलमा असोज ५ गते हङकङसँग खेल्नेछ।

छनोट खेल उज्वेकिस्तानको टास्केन्टस्थित जार स्टेडियममा अपराह्न ३ बजे हुनेछ।हङकङ र फिलिपिन्स असोज ८ गते भिड्नेछन्। समूहको शीर्ष स्थानमा रहने टोलीले भारतमा हुने एएफसी एसियन कप २०२२ मा स्थान बनाउने छ। एएफसी एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ।

छनोटको तयारीका लािग नेपाली टोली अहिले बन्द प्रशिक्षणमा व्यस्त छ।यसअघि छनोट खेल नेपालको घरेलु मैदानमा हुने भनिए पनि कोरोना भाइरसको बढ्दो संक्रमणसँगै नेपालले आयोजनाको अवसर गुमाउन पुगेको थियो।

२८ सदस्यीय टोली

अञ्जना राना मगर, एञ्जिला तुम्बापो सुब्बा, उषा नाथ, अमिषा कार्की, अमृता जैसी, अनिता बस्नेत, अनिता केसी, अञ्जली वाइवा, बिमला विक, विमला चौधरी, दिपा राई, गीता राना, हेमा चौधरी, हिरा कुमारी भुजेल, इन्दिरा राई, मनिषा राउत, मञ्जली तामाङ ९योञ्जन०, निशा थोकर, प्रिती राई, पुजा राना, पुनम जर्गा मगर, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटे, सविता राना, सरु लिम्बु, शर्मिला थापा, सृजना सिंह

 

प्रतिक्रिया दिनुहोस्