अध्यादेशको केपी ओलीद्वारा चर्को विरोध : भने- एमाले फुटाउने निर्णय देउवालाई महंगो पर्ने छ

काठमाडौं, भदौ १ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो ।

यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउने गरी नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको अध्यादेशको चर्को विरोध गरेका छन्।

संसद भवन नयाँ बानेश्वरमा सुरु भएको संसदीय दलको बैठकलाई सम्बोधनका क्रममा ओलीले प्रधानमन्त्री देउवाले कांग्रेस र एमालेबीचको समझदारीको राजनीति पनि अन्त्य गरेको आरोप लगाए।

उनले देउवा नेतृत्वको पाँच दलीय गठबन्धन सरकारलाई टालाटुली बटुलीको संज्ञा पनि दिएका छन्। ‌ओलीले देउवा नेतृत्वको यो सरकारसँग कुनै अपेक्षा नरहेको पनि बताए। यता प्रधानमन्त्री शेरबहादुर देउवाको यस निर्णयपछि अब एमालेमा नेपाल पक्षले थोरै सांसद र नेता जुटाएर पनि नयाँ पार्टी दर्ता गराउन सक्नेछन्।

दल फुटाउन मिलेको यो अवसरलाई नेपालले सदुपयोग गरेर नयाँ पार्टी दर्ताका लागि छलफल गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्