राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेट, दल विभाजन अध्यादेशबारे जानकारी
काठमाडौं, भदौं १ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री शेरबहादुर देउवाले भेटघाट गरेका छन् ।बालुवाटारमा मन्त्रिपरिषद् बैठक राखेर दल विभाजनका लागि सजिलो हुने प्राबधानसहितको अध्यादेश ल्याउने निर्णय गरेका प्रधानमन्त्री देउवा लगत्तै राष्ट्रपतिलाई भेट्न शितलनिवास गएका हुन् ।
सरकारले २० प्रतिशत केन्द्रीय सदस्य वा सांसदको समर्थन भए दल विभाजन गर्न पाउने व्यवस्था राखेर अध्यादेश ल्याउने निर्णय गरेको छ ।सरकारले मन्त्रिपरिषदबाट पारित अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएर राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री देउवा शितलनिवास पुगेका हुन् ।
यता प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विभाजनको सम्मुखमा छ र नेता माधव नेपाललाई दल विभाजन गर्न सजिलो होस् भनेर सरकारले अध्यादेश ल्याएको हो ।















प्रतिक्रिया दिनुहोस्