माधव नेपाल र बामदेव गौतमबीच भेटवार्ता
काठमाडौं , भदौ १ । नेकपा एमालेमा विवाद जारी नै छ । यति बेला नेताहरु भेटघाटमा निकै ब्यस्त छन् । जति प्रयास गरेपनि पार्टी एकता हुन भने सकेको छ्रन् । यता आज मात्रै सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । यसले पनि अब फेरि एमालेमा तंरग छाएको छ ।
यता वरिष्ठ नेता माधवकुमार नेपाल अर्का वरिष्ठ नेता तथा राष्ट्रियसभा सदस्य बामदेव गौतमबीच भेटवार्ता भएको छ । मंगलबार केपी शर्मा ओलीको नेतृत्वमा च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक जारी रहँदा दुई नेताबीच नयाँ बानेश्वरस्थित होटल अर्यालमा भेटवार्ता भएको हो ।
भेटका क्रममा छलफल भएका विषय भने सार्वजनिक भइसकेका छैन । नेपालले बामदेवसँगको भेटपछि सांसद तुलसा थापालाई पनि भेट गरेका छन् ।
यसअघि नेपालले सिंहदरबारमा साउन ३ मा प्रधानमन्त्री देउवालाई मत दिँदा तटस्थ बसेका एमाले सांसदहरूसँग छलफल गरेका थिए । दल विभाजन सहज हुने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएका बेला माधव नेपालको सक्रीयतालाई अर्थपूर्ण मानिएको छ ।















प्रतिक्रिया दिनुहोस्