काबुलबाट १ सय २७ जना नेपालीलाई उद्दार गरी काठमाडौं ल्याइयो , वैधानिक १५ सय श्रमिक छन् अफगानिस्तामा

काठमाडौं, भदौ १ । अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत १ सय २७ जना नेपालीलाई उद्दार गरी काठमाडौं ल्याइएको छ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अमेरिकाले उद्धार गरेका ती नेपालीहरु कुवेतबाट जजिरा एयरवेजको जहाजमार्फत आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेका हुन्।

उद्दार गरिएका उनीहरूलाई सुरुमा यूएस फोर्सको जहाजबाट काबुलबाट कुवेत पु र्‍याइएको थियो। र, कुबेतबाट चार्टड फ्लाइटमार्फत नेपाल ल्याइएको हो।त्यसैगरी, व्यक्तिगत र संस्थागत रुपमा श्रम स्वीकृति लिएर करिब १५ सय नेपाली श्रमिक अफगानिस्तान पुगेका छन्।

यता करिब २० वर्षको संघर्षपछि तालिवानले अफगानिस्तानलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिएको छ। अफगानिस्तानका राष्ट्रपति असरफ घानी र उपराष्ट्रपति अमिरुल्लाह सालेहले देश छाडिसकेका छन्। तालिबानले अफगानिस्तानको राजधानी काबूलस्थित राष्ट्रपतिको कार्यालय नियन्त्रमा लिएको दाबी गरेसँगै देश छोड्नेको विमानस्थलमा भिड लागेको छ ।

प्रतिक्रिया दिनुहोस्