महन्थ ठाकुर र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौं, भदौ १ । प्रधानमन्त्री शेरबहादुर देउवा र महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। महन्थ समूहका नेताहरू र प्रधानमन्त्री देउवाबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा भेटवार्ता भएको हो ।

भेटमा सरकारलाई समर्थन गर्ने क्रममा भएका सहमति कार्यान्वयनका विषयमा छलफल भएको बताएको छ ।

सरकारलाई समर्थन गर्ने क्रममा सहमति कार्यान्वयन, संविधान संशोधनलगायतका विषयमा कुराकानी भएको सहभागी नेता लक्ष्मणलाल कर्णले । प्रधानमन्त्री देउवाले सहमति कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको बताएको नेता कर्णको भनाइ छ।

भेटमा ठाकुर, कर्ण, राजेन्द्र महतो र सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए। नेता कर्णले भेटमा दल विभाजनसम्बन्धी अध्यादेशबारे भने कुनै छलफल नभएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्