सुदूरपश्चिममा मनाइँदै वल्के पर्व
काठमाडौँ,१ भदौँ। डोटीसहित समग्र सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक वल्के पर्व मनाउन थालिएको छ । यो प्रदेशमा वैशाख महिनामा मनाइने बिशु पर्व मरौला भनेर खाने तथा भदौ महिनामा मनाइने वल्के पर्व बोचे भनेर खाने पर्वका रूपमा मनाइने चलन रहेको छ ।
साउन मसान्त र भाद्र सङ्क्रान्ति गरी दुई दिन सम्म मनाइने यो पर्वको पहिलो दिन अर्थात हिजो प्रत्येक घरमा थरी थरी परिकारका खानाहरु बनाइएर मनाइएको थियो । भने आज दोस्रो दिन पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा आफूभन्दा ठूलाबडालाई तथा छिमेकीलाई बाँडेर प्रदेशका नौवटै जिल्लामा ‘वल्के चाड’ हर्षोल्लासपूर्वक मनाइँदै गरेको दिपायल पिपल्लाका स्थानीयवासी हर्कबहादुर बोहराले बताए ।
प्रतिक्रिया दिनुहोस्