अफगानिस्तानमा रहेका नेपालीको उद्धार र सहयोगमा सरकार गम्भीर छ : प्रधानमन्त्री देउवा

काठमाडौं, साउन ३२ ।  प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकार गम्भीर रहेको बताएका छन्। सोमबार ट्विट गर्दै प्रधानमन्त्री देउवाले अफगानिस्तानमा नेपालीको उपस्थिति र स्थितिको तथ्य लिन र अत्यावश्यक स्थितिमा उद्धार प्रबन्ध मिलाउन आइतबार निर्देशन दिइसकेको बताएका छन्।

सुरक्षा र उद्धार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको उनको भनाइ छ। ‘सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ,’ उनले भनेका छन्।

यता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अफगानिस्तानमा रहेका नेपालीलाई उद्धार गर्न सरकारलाई आग्रह गरेका छन्। सोमबार एक प्रेस नोट जारी गर्दै प्रचण्डले परिस्थितिलाई मध्यनजर गर्दै अविलम्ब प्रभावकारी कदम चल्न सरकारलाई आग्रह गरेका हुन्।

 

प्रतिक्रिया दिनुहोस्