अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने सरकारको निर्णय, दियो यस्तो निर्देशन
काठमाडौं, साउन ३२ । सरकारले अफनानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ ।
सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अफगानिस्तामा विकसित घटनाप्रति चासो राख्दै त्यहाँ रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए । सरकारले उद्धारका लागि निकायहरुलाई समन्वायत्मक ढंगले काम गर्ने निर्देशन दिएको छ ।
यस्तै बेलायतमा विभिन्न माग राख्दै आमरण अनसनरत गोर्खा सैनिकप्रति ध्यानाकर्षण भएको बताएको छ । उनीहरुका मागबारे सरकारले कुटनीतिक प्रयास थालिसकेको बताउँदै सरकारले अनसनलगायतका विरोध कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ ।
त्यस्तै भूतपूर्व ब्रिटिस गोर्खा सैनिकहरुका बाँकी रहेका समस्या सम्बोधन गर्न माग गर्दै बेलायतको लण्डनमा जारी आमरण अनसनमा नेपाल सरकारको ध्यानाकर्षण भएको उनले बताए ।
‘यस समस्यालाई कूटनैतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र यससम्बन्धी कूटनैतिक प्रक्रिया समेत अगाडि बढिसकेको सन्दर्भमा आमरण अनसन फिर्ता लिन भूपू गोर्खा सैनिक सम्बद्ध सबैलाई आग्रह गरेको छ’, मन्त्री कार्कीले भने ।
प्रतिक्रिया दिनुहोस्