आज अन्तिम सोमबार, महादेव मन्दिरहरुमा भक्तजनको भीड
काठमाडौँ,३२ साउन । साउन महिनाको अन्तिम दिन आजै अन्तिम सोमबार पनि परेको छ ।
हिन्दु परम्परा अनुसार आजको दिनलाई महत्वपूर्ण दिनका रुपमा लिने गरिन्छ । आज महिलाहरुले भगवान शिवको पूजा आराधना गरी साउनको सोमबारे व्रत समापन गर्ने गर्छन् ।
साउनको पहिलो सोमबारदेखि सुरु भएको व्रत शिव मन्दिरमा पुगेर पूजा आराधना गरी महिलाहरुले समापन गर्ने गर्दछन् । अन्तिम सोमबार कोरोना महामारीकै बीचमा काठमाडौं र देशैभरका मन्दिरहरुमा भक्तालुहरुको भीड लागेको छ । भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पनि आज बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
धर्मशास्त्रमा साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रुपमा समेत लिने गरिन्छ । यसरी पूजाआजा गर्दा पूण्य मिल्ने विश्वास गरिन्छ ।
प्रयाजसो ४ सोमबार पर्ने भएता पनि यस वर्ष भने पाँचवटा सोमबार परेकाले यसलाई विशेष रुपमा हेरीएको छ ।













प्रतिक्रिया दिनुहोस्