अफगानिस्थानमा गृहयुद्धको संभावना: राप्रपाले भन्यो -फसेका नेपालीलाई सुरक्षित ढंगले स्वदेश फर्काऊ
काठमाडौं , साउन ३१ । यति बेला अफगानिस्तान युद्ध चलीरहेको छ । यसका लागि विद्रोही समूह तालिबानका लडाकूहरू अफगानिस्तानको राजधानी काबुलमा चारैतिरबाट प्रवेश गरेका छन् ।बिबिसीका अनुसार आइतबार अफगानिस्तानको प्रमुख शहर जलालावाद कब्जामा लिएका उनीहरू पछिल्लो समय राजधानी काबुल प्रवेश गरेका हुन् ।
यसरी त्यहाँ संकट आइलाग्दा नेपालीहरुले पनि असुरक्षित महसुश गरेका छ न् । यता राष्ट्रिय प्रजातान्त्रिक पार्टीले अफगानिस्थानमा फसेका नेपालीलाई सुरक्षित ढंगले स्वदेश फिर्ता गर्न व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।
राप्रपाका अध्यक्ष पशुपति शमसेर जबरा,डा।प्रकाशनचन्द्र लोहनी र कमल थापाले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै त्यहाँ गृहयुद्धको संभावना रहेको भन्दै जतिसक्दो चाँडो नेपालीलाई स्वदेश फर्काउन पहल गर्न सरकारसँग माग गरेका हुन्।
‘तालिवानी विद्रोहीहरुको आक्रमण बढदै जाँदा अफगानिस्तान डरलाग्दो गृहयुद्धमा फस्ने खतरा बढदै गएको छ । यस अवस्थामा त्यहाँ रहेका नेपालीहरुको सुरक्षावारे राप्रपा चिन्तित रहेको छ । त्यसर्थ, अफगानिस्तानमा रहेका नेपालीहरुलाई सुरक्षित तवरले स्वदेश फर्काउन तथा उनीहरुको पूर्ण सुरक्षाको व्यवस्था गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
यस्तै राप्रपाले बेलायती सेनामा काम गर्ने नेपालीमाथिको भेदभाव र असमानता पूर्णरुपले अन्त्य हुन सकेको भन्दै त्यसको अन्त्यका लागि बेलायत सरकारसँग माग गरेको छ। साथै राप्रपाले ति मागहरु पूरा गर्न गराउन सशक्त कुटनीतिक प्रयासको निम्ति सरकारको ध्यानाकर्षण गराएको छ।
‘विगतमा पनि ब्रिटिश सेनाका भूर्तपूर्व सैनिकहरुले उठाउँदै आएका जायज मागहरुप्रति राप्रपाले समर्थन गर्दै आएको सर्वविदित छ । यसै पृष्ठभूमीमा ब्रिटिश गोर्खाका भूतपूर्व सैनिकहरुको हाल जारी संघर्षप्रति ऐक्यवद्धता जनाउँदै उनीहरुका माग पुरा गर्न बेलायती सरकारसँग राप्रपा आग्रह गर्दछ । साथै, ति मागहरु पुरा गर्न गराउन सशक्त कुटनीतिक प्रयासको निम्ति राप्रपा नेपाल सरकारको ध्यान आकर्षित गर्दछ,’विज्ञप्तिमा भनिएको छ।















प्रतिक्रिया दिनुहोस्