अफगानिस्तान युद्धः ‘तालिबान लडाकुहरू चारैतिरबाट राजधानी काबुल छिर्न थाले’
काठमाडौं, साउन ३१ । विद्रोही समूह तालिबानका लडाकूहरू अफगानिस्तानको राजधानी काबुलमा चारैतिरबाट प्रवेश गरेका छन् ।बिबिसीका अनुसार आइतबार अफगानिस्तानको प्रमुख शहर जलालावाद कब्जामा लिएका उनीहरू पछिल्लो समय राजधानी काबुल प्रवेश गरेका हुन् ।
काबुलस्थित संवाददातालाई उद्धृत गर्दै बिबिसीले तालिबान लडाकुहरू अहिले काबुलको बाहिरी क्षेत्रमा पुगेको जनाएको छ । काबुलमा रहेको अमेरिकी दूतावासबाट भने अमेरिकाले आफ्ना कर्मचारीलाई त्यहाँबाट अन्यत्र सुरक्षित स्थानमा पठाइरहेको छ ।
करिब ६ सय ब्रिटिस सेनाले आफ्ना नागरिक र अन्यलाई पनि त्यहाँबाट उद्धार गरिरहेका छन् । योसँगै अफगानिस्तानका राष्ट्रपति असरफ घानी राजीनामा दिनुपर्ने बाध्यतामा आएको बिबिसीले उल्लेख गरेका छ ।
यता तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कुन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको दोहास्थित एक नेतालाई उद्धृत गर्दै रोएटर्सले जनाएको छ।
उनले सुरक्षा दिइएका क्षेत्रतर्फ जान महिलाहरूलाई आग्रह समेत गरेका छन्। आइतवार बिहान मात्रै लडाकुहरूले पूर्वी सहर जलालाबादलाई बिनासङ्घर्ष नियन्त्रणमा लिएका थिए।
प्रतिक्रिया दिनुहोस्