एमसीसीबारे स्पष्ट पार्न प्रचण्डमाथि दबाब

काठमाडौं, साउन ३१ । एमसीसीबारे स्पष्ट पार्न प्रचण्डमाथि दबाब परेको छ । माओवादी अध्यक्ष प्रचण्डले शनिबार प्रस्तुत गरेको राजनीतिक र संगठनात्मक प्रस्तावमा अमेरिकी सहयोग मिलेनियम (च्यालेञ्ज कर्पोरेसन) एमसीसीबारे स्पष्ट नभएको भन्दै यसबारे स्पष्ट पार्न नेताहरूले माग गरेका छन् ।

विभिन्न प्रदेशबाट समूहगत छलफलमा सहभागी नेताहरूले एमसीसीबारे पार्टीको धारणा स्पष्ट रूपमा दस्तावेजमा आउनुपर्ने माग गरेका हुन् । केही नेताहरूले एमसीसी सम्झौता राष्ट्रघाती भएको समेत बताएका छन् । बैठकमा बोल्ने नेताहरूले अधिकांश नेताहरुले एमसीसीबारे व्याख्या गरेर आउनु पर्ने औंल्याएका छन् ।

शनिबारको बैठकमा प्रचण्डले एमसीसीबारे पार्टीको पोजिसन दस्तावेजमा स्पष्ट पारिएको बताएका थिए । प्रचण्डले प्रस्तुत गरेको दस्तावेजमा एक वाक्यमा एमसीसीबारे भनिएको थियो ‘एमसीसी लिपुलेक, कालापानी र लिम्पियाधुराको प्रश्नलाई पार्टीको घोषित नीतिअनुसार कूटनीतिक संवादका माध्यमबाट हल गर्न प्रयत्न गरिनेछ ।’

प्रचण्डको प्रतिवेदनमाथि छलफलमा भाग लिँदै केन्द्रीय नेताहरूले एमसीसीबारे थप व्याख्या हुनुपर्ने माग गरेका हुन् । यति बेला फेरि एमसीसीबारे चर्चा सुरु भएको छ । योसँगै अमेरिकासँग नेपालले गरेको सम्झौता मा अहिले विवाद भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्