अझै टुंगिएन माओवादीबाट सरकारमा जाने मन्त्रीको नाम

काठमाडौँ, साउन ३१ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद्लाई अझै पुर्णता दिन सकेका छैन् । सत्तारुढ दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी आन्तरिक बैठकमै व्यस्त छन् ।

यस कारण पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिलाई भइरहेको हो । यता सत्तारुढ नेकपा माओवादीले स पनि अहिलेसम्म सरकारमा सहभागी हुने मन्त्रीको नाम अझै टुंग्याउन सकेको छैन ।

मन्त्रीको नामावली टुंग्याउन भन्दै आज स्थायी कमिटीको बैठक बस्यो तर नाम भने टुंग्याउन नसकेको एक नेताले बताएका छन् ।

तर बैठकमा सरकारमा सहभागी मन्त्रीको नामका विषयमा गम्भीर छलफल भएको उनले जानकारी गराए । बैठकमा पार्टी नेताहरूको कार्य विभाजन लगायतका विषयमा छलफल भएको थियो।

त्यस्तै बैठकले आजै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्