बालबालिकाका लागि ४० लाख खोप किन्ने सम्झौता, कहिले आउँछ ?
काठमाडौं , साउन २९ । कोभ्याक्समार्फत नेपालले मोडर्नाको ४० लाख खोप प्राप्त गर्ने भएको छ । बालबालिकालाई लगाउने मिल्ने मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको छ ।
कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तिय सहयोगमा खरिद गरिने खोपका लागि खोप सम्बन्धित विश्वव्यापी संचाल ‘गाभी’सँग सम्झौता भएको हो ।
१२ देखि १७ वर्ष उमेर समुहका बालबालिका र किशोरकिशोरीलाई दिन मिल्ने यो खोप सन् २०२२ को मार्च महिनासम्म नेपालमा आइपुग्ने छ ।
मोडेर्ना खोपले १२ वर्ष उमेर माथिका नेपालीलाई आवश्यक खोपको विकल्पहरू विस्तार गर्न मद्दत गर्ने जनाइएको छ ।
यसले नेपालका ७२ प्रतिशत जनसंख्याका साथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई खोप दिलाउने नेपालको लक्ष्य हासिल गर्नमा उल्लेख्य रूपले सघाउने विश्व बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्